Ezekiel 3:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तैँले दुष्‍ट मानिसलाई चेतावनी दिइस् र पनि त्‍यसले आफ्‍नो दुष्‍ट कर्म छोडेन भने त्‍यो दुष्‍ट त आफ्‍नै पापमा मर्नेछ तर तैँले चाहिँ आफ्‍नो प्राण बचाउनेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि तैंले त्‍यस दुष्‍ट मानिसलाई चेताउनी दिइस्‌ र त्‍यो आफ्‍नो दुष्‍ट्याइँ अथवा आफ्‍नो खराब चालदेखि फर्कंदैन भने, त्‍यो आफ्‍नो अधर्ममा नै मर्नेछ, तर तैंले चाहिँ आफ्‍नो प्राण बचाएको हुनेछस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि तैँले त्यस दुष्‍ट मानिसलाई चेतावनी दिइस् र त्यो आफ्नो दुष्‍टता अथवा आफ्नो खराब चालबाट फर्केन भने त्यो आफ्नो पापमा नै मर्नेछ; तर तैँलेचाहिँ आफ्नो प्राण बचाउनेछस्।
Nepali ERV (पवित्र बाइबल)
“यो पनि हुन सक्छ तिमीले कुनै मानिसलाई चेताउनी दियौ, त्यसलाई त्यसको जीवन मार्ग बद्ली गर्नका निम्ति सम्झायौ अनि नराम्रो काम नगर्नु भन्यौ। यदि त्यसले तिम्रो कुरा सुनेन भने त्यो मर्नेछ। त्यो मर्नेछ किनकि त्यसले पाप गरेको छ। तर तिमीले उसलाई चेताउनी दियौ यसकारण तिमीले आफ्नो जीवन बचायौ।