Ezekiel 3:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तेरो जिब्रो चल्‍न नसक्‍ने बनाउनेछु र तैँले यी बागी मानिसहरूलाई चेतावनी दिन सक्‍नेछैनस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तेरो जिब्रो तेरो तालुमा टँसाइराख्‍नेछु, र तँ गूँगो हुनेछस्, अनि तिनीहरूलाई हप्‍काउन सक्‍नेछैनस्, यद्यपि तिनीहरू बागी घरानाका हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तेरो जिब्रोलाई तालुमा टाँसिदिनेछु; अनि तँ बोल्न नसक्ने हुनेछस्, र तैँले तिनीहरूलाई हप्काउन सक्नेछैनस्; किनकि तिनीहरू विद्रोही घरानाका हुन्।
Nepali ERV (पवित्र बाइबल)
म तिम्रो जिब्रो तिम्रो तालुमा टँसाई दिनेछु। तिमीले बात गर्न सक्नेछैनौ। यसकारण तिनीहरूले कोही मानिसलाई पनि यस्तो भेट्टाउने छैनन् जसले तिनीहरूलाई शिक्षा दिन सकोस् कि तिनीहरूले पाप गरिरहेका छन्। किन? किनकि तिनीहरू सँधै मेरो विरूद्धमा गइरहेका छन्।