Ezekiel 3:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि म तँसित बोल्नेछु र तेरो मुख खोलिदिनेछु, तब तैँले तिनीहरूलाई म सार्वभौम परमप्रभुले जे कुरा भन्नेछु, ती सुनाउनेछस्। तेरो कुरा सुन्नेले सुनोस् र नसुन्नेले नसुनोस् किनभने त्यो जाति नै बागी भएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब म तँसित कुरा गर्छु, तब म तेरो मुख खोलिदिनेछु, र तैंले तिनीहरूलाई भन्नेछस्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ’। सुन्न चाहनेले ध्यानसित सुनोस्, इन्कार गर्नेले इन्कार गरोस्। किनकि तिनीहरू बागी घरानाका हुन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब म तँसित बोल्छु, म तेरो मुख खोलिदिनेछु र तैँले तिनीहरूलाई भन्नू: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ।’ जसले सुन्न चाहन्छ, ध्यानसित सुनोस्, र सुन्न नचाहनेले नसुनोस्; किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्।”
Nepali ERV (पवित्र बाइबल)
तर जब म तिमीसित कुरा गर्छु त्यसबेला तिमीलाई म बोल्ने बनाउँनेछु। तर तिमीले भन्नु पर्छ, ‘परमप्रभु हाम्रा मालिकले यी कुराहरू भन्नु हुन्छ।’ यदि कसैले सुन्न चाहन्छ भने उसले सुनोस्। यदि होइन भने, मलाई तिरस्कार गरोस्। किनभने तिनीहरू विध्वंशकारीहरू हुन्।