Ezekiel 30:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो निष्ठुर सेनासहित त्यो मिश्रदेशलाई उजाड पार्न आउनेछ। हातमा तरवार लिई तिनीहरूले मिश्रदेशमाथि आक्रमण गर्नेछन् र त्यो देश लाशै-लाशले भरिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो र त्यसको सेना जाति-जातिहरूमा सबैभन्दा क्रूर तिनीहरू सर्वनाश गर्नलाई ल्याइनेछन्। तिनीहरूले आफ्ना तरवार मिश्रदेशको विरुद्धमा थुत्नेछन्, र तिनीहरूले मृतकहरूले देश भरिदिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो र त्यसका सेना, जाति-जातिहरूमा अत्यन्तै निष्ठुर छन्, देशलाई नाश गर्नको निम्ति भित्र ल्याइनेछ। तिनीहरूले इजिप्टको विरुद्धमा आफ्ना तरवारहरू निकाल्नेछन्, र मारिएकाहरूले देशलाई ढाकिदिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
नबूकदनेस्सर अनि त्यसका मानिसहरू राष्ट्रहरूमा सर्वाधिक भंयकर छन्। म तिनीहरूलाई मिश्रदेश नष्ट गर्नका निम्ति लिएर आउँछु। तिनीहरूले मिश्रको विरूद्ध आफ्नो तरवार उठाउँनेछन्। त्यो देश लाशले भरिनेछ।