Ezekiel 30:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु भन्नुहुन्छ, “नोपमा म मूर्तिहरू र झूटा देवताहरूलाई नष्ट पार्नेछु। मिश्रमा कोही राजा हुनेछैन र सबै मानिसहरूलाई म डरले भयभीत पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “‘म मूर्तिहरूको सर्वनाश गरिदिनेछु, र नोपमा भएका प्रतिमाहरूको अन्त्य गरिदिनेछु। मिश्रदेशमा फेरि कहिल्यै राजकुमार हुनेछैन, र यसरी म देशमा डर फैलाइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसमा भएका आकृतिहरूलाई नष्ट गरिदिनेछु। इजिप्टमा अब फेरि कुनै राजकुमार रहनेछैन; अनि म इजिप्टभरि डर फैलाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “म मिश्रमा मूर्तिहरू नष्ट पार्नेछु! म मूर्तिहरू नोपबाट बाहिर निकाल्छु। भविष्यका निम्ति मिश्र देशमा कुनै पनि शासक हुनेछैन, अनि म मिश्रबाट डर हटाउनेछु!