Ezekiel 30:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले मिश्रदेशको शक्ति ध्‍वस्‍त पार्दा र त्‍यसले कुनै दिन घमण्‍ड गरेको त्‍यसको बलको अन्‍त गराउँदा तहपनेस दिउँसै अँध्‍यारो हुनेछ। मिश्रदेशलाई बादलले ढाक्‍नेछ र त्‍यसका सबै सहरहरूका बासिन्‍दाहरू कैद गरी लगिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तहपनेसमा जब म मिश्रदेशको जुवा भाँचिदिनेछु, तब त्‍यो दिन अँध्‍यारो हुनेछ, र त्‍यसको घमण्‍डी शक्तिको अन्‍त्‍य हुनेछ। त्‍यो बादलहरूले ढाकिनेछ, र त्‍यसका गाउँहरू कैदमा पर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तहपनेसको दिन अँध्यारो हुनेछ, तब म इजिप्टको जुवा भाँचिदिन्छु; त्यहाँ त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ। इजिप्ट बादलले छोपिनेछ; अनि त्यसका गाउँहरू कैदमा जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
यो तहपबहेसमाको निम्ति अन्धकारको दिन हुनेछ जब म मिश्रको अधिकार तोडी दिन। तिनका घमण्डी शक्ति समाप्त हुनेछ। मिश्र कालो बादल द्वारा ढाकिने छ। अनि मिश्रि केटीहरूलाई कैदी बनाएर लानेछन्।