Ezekiel 30:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, मैले मिश्रदेशको राजाको एउटा पाखुरा भाँचिदिएको छु। त्‍यो भाँचिएको पाखुरा निको पारेर फेरि तरवार समाउन सक्‍ने तुल्‍याउन कसैले मलम-पट्टी वा काम्रो बाँधिदिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरा, मैले मिश्रदेशको राजा फारोको हात भाँचिदिएको छु। निको भई बलियो भएर फेरि तरवार चलाउनलाई मलहमपट्टीले त्‍यो बाँधिएको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, मैले इजिप्टको राजा फारोको हात भाँचिदिएको छु। यसलाई निको पार्न बाँधिएको छैन, अथवा त्यसमा मलमपट्टी लगाइएको छैन, ताकि त्यो तरवार समाउन सक्ने बलियो बनोस्।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो, मैले मिश्रको राजा फिराऊनको हात भाँचिदिएँ। कसैले पनि उसको हातमा पट्टी लगाई दिएन। उसको घाउ जाति भएन। यसकारण उसको हात तरवार समात्ने योग्य भएको हुँदैन।”