Ezekiel 30:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब म सार्वभौम परमप्रभु यसो भन्‍दछु, म मिश्रदेशको राजाको विरुद्धमा छु। भाँचिएको पाखुरा र अर्को नभाँचिएको पाखुरा दुवै भाँचिदिनेछु र त्‍यसको हातबाट तरवार खस्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म मिश्रदेशको राजा फारोको विरुद्धमा छु। म त्‍यसका हातहरू भाँचिदिनेछु, राम्रो र भाँचिएको दुवै, अनि म त्‍यसको तरवार त्‍यसको हातबाट खसाइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म इजिप्टको राजा फारोको विरुद्धमा छु। म त्यसका दुवै पाखुराहरू, अर्थात् राम्रो र भाँचिएका दुवै पाखुराहरू भाँचिदिनेछु; अनि त्यसको हातबाट तरवार खस्‍न लगाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म मिश्रको राजा फिराऊनको विरूद्धमा छु। म त्यसको दुवै हातहरू भाँचिदिन्छु शक्तिशाली हात अनि अर्को भाँचिएको हात। त्यसको तरवारलाई त्यसको हातबाट तल झर्ने बनाउँछु।