Ezekiel 30:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि बेबिलोनको राजाको हात बलियो बनाउनेछु र त्यसको हातमा मेरो तरवार दिनेछु। तर मिश्रदेशको राजाको पाखुराचाहिँ भाँचिदिनेछु र त्यो त्यसका शत्रुको अघि घाइते भएर पीडाले कराउनेछ र मर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म बेबिलोनको राजाका हात शक्तिशाली बनाइदिनेछु, र मेरो तरवार त्यसको हातमा दिनेछु। तर म फारोका हात भाँचिदिनेछु, र त्योचाहिँ त्यसको अगि मरणान्त चोट लागेको मानिसझैँ पीडाले कराउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म बेबिलोनको राजाका पाखुराहरू बलिया पार्नेछु; अनि मेरो तरवार त्यसको हातमा राखिदिनेछु, तर म फारोका हातहरू भाँचिदिनेछु; अनि नबूकदनेसरको सामु मर्न लागेको घाइते मानिसझैँ त्यसले सुस्केरा हाल्नेछ।
Nepali ERV (पवित्र बाइबल)
म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु। म आफ्नो तरवार उसको हातमा दिन्छु। तर म फिराऊनको हात भाँचिदिन्छु। त्यस बेला फिराऊन पीडाले चिच्याउने छ, राजाको चिच्याई एउटा मर्न आँटेको मानिसको जस्तो हुनेछ।