Ezekiel 30:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हो, म मिश्रदेशको राजालाई दुर्बल पार्नेछु र बेबिलोनको राजालाई बलियो बनाउनेछु। जब म आफ्‍नो तरवार त्‍यसलाई दिनेछु र त्‍यसले तरवार उठाएर मिश्रदेशलाई ताक्‍नेछ, तब सबैले परमप्रभु म नै हुँ भनी जान्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म बेबिलोनको राजाका हात शक्तिशाली बनाइदिनेछु, तर फारोका हात निर्बल हुनेछन्‌। जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, र त्‍यसले त्‍यो मिश्रदेशको विरुद्धमा चलाउनेछ, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म बेबिलोनको राजाका पाखुराहरू बलिया बनाइदिनेछु, तर फारोका हातहरू लत्रक्‍क झुण्डिनेछन्। जब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्, तब म बेबिलोनको राजाको हातमा मेरो तरवार राखिदिन्छु; अनि त्यसले त्यो इजिप्टको विरुद्धमा चलाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु, तर फिराऊनको हातहरू काटिएर झर्नेछ। त्यसपछि तिनीहरूले थाहा पाँउनेछन् कि म नै परमप्रभु हुँ। “म बाबेलको राजाको हातमा आफ्नो तरवार दिन्छु। त्यति बेला मिश्र देशको विरूद्धमा आफ्नो तरवार अघाडी बढाउँछु।