Ezekiel 30:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रदेशमा लडाइँ हुनेछ, कूशमा ठूलो विपत्ति आउनेछ, मिश्रदेशमा धेरै मारिनेछन्; देशको सम्‍पत्ति लुटिनेछ, त्‍यसका जगहरू ढालिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रदेशमाथि एउटा तरवार आउनेछ, र कूश देशमा पनि सङ्कष्‍ट आइपर्नेछ। जब मिश्रदेशमा मारिएका मानिसहरू जमिनमा ढल्‍नेछन्, तब त्‍यसका धन-सम्‍पत्तिहरू लगिनेछन्, र त्‍यसका जगहरू भत्‍काइनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्टको विरुद्धमा एउटा तरवार आउनेछ; अनि कूशमाथि वेदना आउनेछ। जब इजिप्टमा मारिएकाहरूले जमिन ढाक्छन्, तब त्यसका धनसम्पत्ति लगिनेछ, र त्यसका जगहरू पूर्ण रूपमा भत्काइनेछ।
Nepali ERV (पवित्र बाइबल)
मिश्रको विरूद्धमा एउटा तरवार चलाइनेछा कूशका मानिसहरू डरले काम्नेछन्! जब त्यहाँ मिश्रको पतन हुन्छ बाबेलका सेनाले मिश्रका मानिसहरूलाई बन्दी जस्तै टाडा लगेर जानेछन्। कैदीहरू जस्तै पारेर टाडा लानेछन्। मिश्रको जगहरू भत्काइनेछन्।