Ezekiel 30:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यस लडाइँमा कूश, लिडिया, लिबिया, अरब र कूश देशहरूबाट ज्‍यालामा ल्‍याएका सेनाहरू पनि मारिनेछन्। मेरै प्रजाको बीचबाट आएको सेना पनि नाश पारिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कूश, पूत, लूद र सारा अरब देश, लिबिया, र करार गरिएका देशका मानिसहरू, मिश्रदेशसँगसँगै तरवारले ढालिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कूश, लिबिया, लूद र सारा अरब, कुब र करारको देशका मानिसहरू इजिप्टसितै तरवारद्वारा ढल्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“धेरै मानिसहरूले मिश्रसँग शान्ति-संघि गरे। तर कूश, पूत, लूद, समस्त अरब देश, लिबिया अनि इस्राएलका सबै मानिसहरू नष्ट हुनेछन्।