Ezekiel 30:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “उत्तरमा मिग्‍दोलदेखि लिएर दक्षिणमा आश्‍वानसम्‍म मिश्रको बचाउ गर्न आएका सबै सेनाहरू लडाइँमा मर्नेछन्। मिश्रका अहङ्कारी सेना नाश पारिनेछ। म सार्वभौम परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: “‘मिश्रदेशका मित्रराष्‍ट्रहरूचाहिँ पतन हुनेछन्, त्‍यसको घमण्‍डी शक्तिको पतन हुनेछ। मिग्‍दोलदेखि आश्‍वानसम्‍मै त्‍यसभित्र भएका सबै तरवारले ढालिनेछन्, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘याहवेह यसो भन्‍नुहुन्छ: “ ‘इजिप्टका सहयोगी राष्ट्रहरू ढल्नेछन्, र त्यसको शक्तिको घमण्ड असफल हुनेछ। मिग्दोलदेखि आश्‍वानसम्म तिनीहरू इजिप्ट सहरभित्र तरवारले ढल्नेछन्, प्रभु याहवेह भन्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “हो, जसले मिश्रलाई सहायता गर्छ, त्यसको पतन हुन्छ। त्यसको युद्धको घमण्ड नाश हुन्छ। मिग्दोलदेखि आश्वार सम्मको लागि मिश्रका मानिसहरू युद्धमा मारिनेछन्।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो!