Ezekiel 30:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जब त्‍यो दिन आउँछ र मिश्र नाश हुनेछ, तब निर्धक्‍क भइबसेका कूशीहरूलाई झकझक्याउन म दूतहरूलाई पानीजहाजमा पठाउनेछु र तिनीहरू डरले थुर्‌थुर्‌ हुनेछन्। त्‍यो दिन आइरहेको छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘त्‍यस दिन सन्‍तुष्‍टसँग बसेका कूशीहरूलाई तर्साउने खबर दिनलाई मकहाँबाट समाचारवाहकहरू जानेछन्‌। मिश्रदेशको अन्‍त्‍यको दिनमा तिनीहरूलाई त्रास हुनेछ, किनभने त्‍यो निश्‍चय नै आइपर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘त्यस दिन सुरक्षित भई ढुक्‍क बसेको कूशलाई डर देखाउन मबाट सन्देश वाहकहरू जहाजमा जानेछन्। इजिप्टको विनाशको दिन तिनीहरूलाई वेदनाले छोप्नेछ; किनकि त्यो निश्‍चय आउनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा म समाचारवाहकहरू पठाउँछु। उसले जहाजहरूमा कूशको नराम्रो खबर पुर्याउन जान्छ। कूश अब आफूलाई सुरक्षित सम्झन थाल्छ। तर जब मिश्रलाई दण्ड दिनेछु त्यस बेला कूशका मानिसहरू डरले काम्नेछन्। त्यो समय आउँदैछ।