Ezekiel 31:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
निर्दयी विदेशीहरूले त्‍यसलाई काटेर फ्‍याँकिदिनेछन्। त्‍यसका भाँचिएका डाला र हाँगा-बिँगाहरू देशका हरेक पहाड र बेसीमा खस्‍नेछन्। त्‍यसको छायामा बास गर्ने जातिहरूले त्‍यो ठाँउ छोड्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सबैभन्‍दा क्रूर विदेशी जातिहरूले त्‍यसलाई ढालेर छोड़िदिए। त्‍यसका हाँगाबिँगा पहाड़हरू र सबै बेँसीहरूमा ढले, र त्‍यसका हाँगाहरू देशका सबै खोलाहरूमा भाँचिएर पड़िरहे। पृथ्‍वीका सबै जातिहरू त्‍यसका छायाबाट निस्‍के र त्‍यसलाई छोड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यसलाई विदेशी जातिहरूमध्ये अति निर्दयीहरूले काटेर ढालिदिए र छोडिदिए। त्यसका हाँगाहरू पर्वतहरूमा र सबै बेँसीहरूमा खसे; त्यसका हाँगाहरू देशका सबै खोल्साहरूमा भाँचिएर लडिरहे। पृथ्वीका सबै जातिहरू त्यसका छायामुनिबाट निस्के र त्यसलाई छोडिदिए।
Nepali ERV (पवित्र बाइबल)
विदेशीहरू बीचको सबै भन्दा कठोर जातिले यसलाई काटे। रूखको हाँगाहरू पर्वतमाथि अनि सम्पूर्ण बेंसीहरूमा झर्यो। त्यस देशमा बग्ने नदीहरूले त्यसको भाँचिएको टुक्राहरू बगाएर लग्यो। रूख मुनि शीतल भएन, यसकारण सबै मानिसहरूले त्यसलाई छोडिदिए।