Ezekiel 31:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब उप्रान्त कुनै रूख जत्तिकै पानी पाए पनि त्यो रूखजस्तो अग्लो हुनेछैन वा त्यो आकाश छुनेगरी बढ्नेछैन र त्यति अग्लो कहिल्यै हुन सक्नेछैन। ती सबै मरिजाने मानिसहरूझैँ नाश भएर जानेछन् र मृत्यु-लोकमा पुग्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण फेरि कहिल्यै पानीको छेउमा उम्रेका कुनै पनि रूखहरू यति अल्गा घमण्डसाथ बढ्नेछैनन्। बाक्ला हाँगाबिँगाका बीचबाट छिचलेर तिनीहरूका टुप्पाहरू बढ़ेर माथि निस्कनेछैनन्। प्रशस्त पानी पाएका अरू कुनै रूखहरू यति अल्गो उचाइसम्म पुग्न पाउनेछैनन्? तिनीहरू सबै मृत्युकै लागि, तल पृथ्वीको लागि नियुक्त गरिएका छन्। मरणशील मानिसहरूजस्तै, तिनीहरू मृत-लोकमा जानेहरूसित जानेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण पानीको छेउमा भएका अरू कुनै पनि रूखहरू घमण्डसाथ आफ्ना बाक्ला पातहरूमाथि उचाइमा कहिल्यै बढ्नेछैनन्। पानी प्रशस्त पुगेका अरू कुनै पनि रूखहरू कहिल्यै यत्रो उचाइसम्म पुग्नेछैनन्; तिनीहरू तल पृथ्वीमा मानिसहरूको बीचमा जानलाई मृत्युको निम्ति तोकिएका छन्, जो तल मरणशील मानिसहरूमाझ चिहानमा जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
“अब फेरि कुनै पनि रूख त्यो पानीले घमण्ड गर्नेछैन। त्यो बादल सम्म पुग्न चाहँदैन। असल पानी लगाएका कुनै पनि रूख अग्लो बढेर जानेछैन। किनकि सबैलाई मृत्यु निश्चित भईसकेकोछ। ती सबै मृत्युको ठाँउ शेओल नामक मृत लोकमा जानेछन्। तिनीहरू अरू मानिसहरूसँग जानेछन जुन मरेर तल खाल्डामा गएकाछन्।”