Ezekiel 31:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ, “जुन दिन त्यो रूख मृत्यु-लोकमा जानेछ, त्यो दिन म जमिनमुनिका पानीका मूललाई ढाक्नेछु र त्यो एउटा शोकको चिनो हुनेछ। म नदीहरूलाई रोक्नेछु र खोलाहरूलाई बग्न दिनेछैनँ। त्यो रूख मरेको कारणले म लेबनानका पहाडहरूमाथि अन्धकार ल्याउनेछु र जङ्गलका सबै रूखहरू ओइलाइदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: जुन दिन त्यो चिहानमा लगियो, त्यस दिन त्यसको लागि शोक गर्नलाई गहिरा स्रोतहरू मैले बन्द गरिदिएँ। मैले त्यसका खोलाहरू थुनिदिएँ, र त्यसका प्रशस्त पानीहरू रोकिए। त्यसैको कारण मैले लेबनानलाई शोक पहिर्याइदिएँ, र वनका सबै रूखहरू ओइलाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: त्यो मृत-लोकमा लगिएको दिन मैले त्यसका निम्ति ठूलो शोकको रूपमा गहिरा झरनाहरूलाई छोपिदिएँ; मैले त्यसका खोलाहरू रोकिदिएँ; अनि त्यसका प्रशस्त पानीका स्रोतहरू रोकिए। यसैकारण मैले लेबनानलाई अन्धकारले छोपिदिएँ र जङ्गलका सबै रूखहरू ओइलाए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मालिक भन्नुहुन्छ, “त्यस दिन जब त्यो रूख चिहानमा गयो, मैले मानिसहरूलाई शोक मनाउँन लाएँ। मैले त्यो रूखलाई गहिरो पानीमा चोपिदिएँ। मैले रूखको नदीहरू रोकिदिएँ अनि रूखकोलागि पानी बग्नु पनि रोकिदिएँ। मैले लबानोनलाई यसको निम्ति शोक मनाउन लगाएँ। खेतको सबै रूख यो ठूलो रूखको शोकले रोगी भए।