Ezekiel 31:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले त्‍यस रूखलाई नाश गरेको दिनमा त्‍यो ढलेको आवाजले जाति-जातिलाई थरथर कमाउनेछ। मृत्‍यु-लोकमा पुगेको अदनका सबै रूख र पानी प्रशस्‍त पाएर सप्रेका लेबनानका उत्तम रूखहरू त्‍यसको अन्‍त हुँदा रमाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मैले त्‍यसलाई मृत-लोकमा जानेहरूसँग चिहानमा झारिदिएँ, तब मैले जाति-जातिहरूलाई त्‍यो लोटेको आवाजले थर्काएँ। तब अदनका सबै रूखहरू, लेबनानका सबैभन्‍दा मन पर्ने र असल रूखहरू प्रशस्‍त पानी पाएका सबै रूखहरूले पृथ्‍वीमुनि सान्‍त्‍वना पाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले त्यसलाई तल खाडलमा जानेहरूसित तल मृत-लोकमा झारेँ, त्यसको पतनमा मैले राष्ट्रहरूलाई थरथर काम्न लगाएँ, तब अदनका सबै रूखहरू, लेबनानका सबैभन्दा असल र अति उत्तम रूखहरू, प्रशस्त पानी पाएर सप्रेका सबै रूखहरूले पृथ्वीमुनि सान्त्वना पाए।
Nepali ERV (पवित्र बाइबल)
मैले रूखलाई ढालिदिएँ अनि रूख ढलेको आवाजको डरले राष्ट्रहरू कामे। मैले रूखलाई मृत्युको स्थानमा ल्याए। यो तिनीहरूसँग मिल्न तल खाल्डामा गयो। अतीतमा एदोनको सबै रूख अर्थात लबानोनको सर्वोत्तम रूखले त्यो पानी पिए। ती सबै रूखहरूले तल्लो संसारमा सान्त्वना प्राप्त गरे।