Ezekiel 31:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती रूखहरू पनि त्‍यसका साथ-साथ अघि मरेका रूखहरूसित मृत्‍यु-लोकमा मिल्‍न पुग्‍नेछन्। त्‍यसका छायाँमा बास गर्ने सबै मानिसहरू जाति-जातिका बीचमा तितरबितर हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका छायामा बस्‍नेहरू, अर्थात्‌ जाति-जातिहरूमध्‍येका मित्रराष्‍ट्रहरू पनि तरवारले मारिएकाहरूसँगसँगै चिहानमा मिल्‍न गएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू पनि महान् देवदारुजस्ता त्यसका छायामा बस्‍ने जाति-जातिहरू, अथवा तरवारले युद्धमा मारिएका सेनाहरूसित नै तल मृत-लोकमा गएका थिए।
Nepali ERV (पवित्र बाइबल)
हो, त्यो रूख पनि ठूलो रूखसँग मृत्युको चिहानमा गयो। तिनीहरू ती मानिसहरूसँग जम्मा भए, जो युद्धमा मारिएका थिए। त्यो ठूलो रूखले अरू रूखहरूलाई शक्तिशाली बनायो। त्यो रूख राष्ट्रमा, त्यो ठूलो रूखको छाँयामा बस्थ्यो।