Ezekiel 31:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्यो रूखचाहिँ मिश्रको राजा र त्यसका सारा प्रजा हुन्। अदनका बगैंचाका रूखहरू पनि त्यो जतिका अग्ला र मनलाई खिच्ने सुन्दर थिएनन्। तर त्यो अब पनि अदनको रूखझैँ मृत्यु-लोकमा पुग्नेछ र लडाइँमा मारिएका ती ईश्वर नमान्नेहरूसित गई मिल्नेछ। म बोलेको छु,” सार्वभौम परमप्रभु भन्दै हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ऐश्वर्य र वैभवमा अदनका रूखहरूमा अरू कुन रूख तँसित तुलना गर्न सकिन्छ? तापनि तँ पनि अदनका रूखहरूसितै पृथ्वीको तलतिर झारिनेछस्। तँ पनि खतना नभएकाहरूसित, तरवारले मारिएकाहरूसँग पड़िरहनेछस्। “‘योचाहिँ फारो र त्यसका सबै सैन्य-दलहरू हो, परमप्रभु परमेश्वर भन्नुहुन्छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘वैभव र गौरवमा अदनका अरू कुन रूखहरू तँसित तुलना गर्न सकिन्छ? तर पनि तँ अदनका रूखहरूसँगै तल पृथ्वीमुनि मृत-लोकमा खसालिनेछस्; तँ ती खतना नभएकाहरूका बीचमा तरवारले मारिएकाहरूका साथमा सुतिरहनेछस्। “ ‘यो फारो र त्यसका सबै सेना दलहरूको बारेमा हो, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
“यसकारण, त्यहाँ अदनमा धेरै ठूला-ठूला अनि शक्तिशाली रूखहरूछन्। कुन रूखसँग मैले तिम्रो तुलना गर्नु? तिमी अदनको रूखसँग पाताल लोक जानेछौ। तिमीहरू खतना नभएका मानिसहरू अनि ती मृत्यु युद्ध भूमिमा मारिएकाहरूसित सम्मिलित हुनेछौ। “हो, यो फिराऊन अनि उसको सबै मानिसहरूसँग हुनेछ।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो!