Ezekiel 31:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेबनानको एउटा देवदारु रूखजस्तो तँ छस्, जसका सुन्दर हाँगाहरूले बनलाई ढाकेका थिए। हाँगा-बिँगाका बीचबाट त्यसको टुप्पो अग्लो भएर निस्केको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अश्शूर देशलाई हेर्, लेबनानमा त्यो एउटा देवदारु नै थियो, जसका सुन्दर हाँगाहरूले वनलाई ढाकिराखेका थिए। रूखहरूका हाँगाबिँगाका बीचबाट त्यसको टुप्पो अल्गो बढ़ेर त्यो निस्केको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अश्शूरलाई विचार गर्, एक समयमा लेबनानको जङ्गलमा सुन्दर र छाया दिने हाँगाहरू भएको देवदारुको रूख थियो। अनि त्यो अति अग्लो बढेर गयो; त्यसका बाक्ला पातहरूभन्दा माथि बादलमा त्यसको टुप्पो थियो।
Nepali ERV (पवित्र बाइबल)
अश्शूर देशलाई हेर त्यो लबानोनमा एउटा देवदार झौं थियो। यसको सुन्दर-सुन्दर हागाँहरूलाई हेर। जङ्गलमा छायादार अनि एकदमै अग्लो देवदारूको रूख थियो! यसको टुप्पोले बादल छुन्थ्यो।