Ezekiel 31:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रूख बढाउन त्‍यहाँ पानी थियो, त्‍यो सिंचाइनलाई जमिनभित्र खोलाहरू थिए। तिनीहरूले रूख उम्रिएको ठाउँमा पानी दिन्‍थे र जङ्गलमा भएका सारा रूखहरूकहाँ पानीका कुलोहरू पठाउँथे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पानीको मूलले त्‍यसलाई पोषण गर्‍यो। गहिरा-गहिरा पानीका स्रोतहरूले त्‍यसलाई अल्‍गो पारे। तिनका वरिपरिका खोलाहरूले त्‍यसलाई भिजाइदिए, र तिनको नदीले मैदानका सबै रूखहरूलाई भिजाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई पानीले पालनपोषण गर्‍यो; गहिरा झरनाहरूले त्यसलाई अग्लो पारे; त्यसका नदीहरू त्यसको जराको चारैतिर बगे; अनि खेतका सबै रूखहरूकहाँ तिनीहरूका कुलोहरू पठाए।
Nepali ERV (पवित्र बाइबल)
पानीको मूलले त्यसलाई पोषण गर्यो। नदीको पानीले त्यसलाई अग्लो बनायो! नदीहरू यस ठाँउको चारैतिरबाट बग्थे। जहाँ रूखहरू रोपिएका थियो। अरू मैदानको रूखहरूकोलागि यहींबाट पानीको नालाहरू जान्थे।