Ezekiel 31:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने त्यसले प्रशस्त पानी पाएको थियो, अरू रूखहरूभन्दा त्यो अग्लो भएको थियो, त्यसका हाँगाहरू ठूला र लामा भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी मैदानका सबै रूखहरूमा त्यो सबैभन्दा अल्गो भयो। पानी प्रशस्त भएको कारण त्यसका हाँगाबिँगा धेरै भए, र ती फैलिएर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी त्यो खेतका सबै रूखहरूभन्दा अग्लो भयो; त्यसका हाँगाहरू धेरै भए, र त्यसका हाँगाहरू प्रशस्त पानी भएको कारण फैलिए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण खेतको अरू रूखहरू भन्दा यो नै सबै भन्दा अग्लो रूख थियो। अनि यसले धेरै हाँगा-बिँगाहरू फैलाएको थियो। त्यहाँ पानी प्रशस्त थियो यसकारण रूखले आफ्नो हाँगा-बिँगाहरू बाहिर फैलाएको थियो।