Ezekiel 31:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको बगैंचाको कुनै देवदारुको रूखले त्यसको दाँजो गर्न सक्दैन, न त कुनै सल्लाको रूख वा कुनै साधारण रूख त्यसका हाँगा-बिँगासित तुलना गर्न सकिन्थ्यो, परमेश्वरको बगैंचाको कुनै पनि रूखले त्यसका सुन्दरताको दाँजो गर्न सक्दैनथ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरका बगैँचाको कुनै देवदारुले पनि त्यसको दाँजो गर्न सक्दैनथ्यो, न त कुनै सल्लाको रूख त्यसका हाँगाबिँगासित तुलना गर्न सकिन्थ्यो, न त चिनारका रूखहरू त्यसका हाँगाहरूसित मिलान गर्न सकिन्थे। परमेश्वरका बगैँचाको कुनै पनि रूखले त्यसका सुन्दरताको दाँजो गर्न सक्दैनथ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको बगैँचामा भएका देवदारुहरूसित त्यसको तुलना गर्न सकिँदैनथ्यो, न त सल्लाका रूखहरूले त्यसका हाँगाहरूको तुलना गर्न सकिन्थ्यो, न त धूपीका रूखहरूले त्यसका हाँगाहरूसित तुलना गर्न सकिन्थ्यो; परमेश्वरको बगैँचामा भएको कुनै पनि रूखहरू त्यसको सुन्दरतासित तुलना गर्न सकिँदैनथ्यो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरका बगेंचाको कुनै देवदारूको रूख पनि त्यस्तो थिएन जस्तो यो रूख थियो। सल्लाहको रूखले यति ज्यादा हाँगाहरू राख्दैन थियो। देवदारूको रूखले पनि यस्तो हाँगाहरू राख्दैन थियो। परमेश्वरको बगैंचाको कुनै पनि रूख, यति सुन्दर थिएन जति यो थियो।