Ezekiel 32:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तँसित गरेको व्यवहारले धेरै जातिहरूलाई आतङ्कित पार्नेछ। मैले आफ्नो तरवार चलाउँदा राजाहरू डरले थरथर हुनेछन्। तेरो पतन भएको दिन तिनीहरू सबै ज्यान जाला कि भन्ने डरले काम्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म धेरै मानिसहरूलाई तँसित तर्सने तुल्याउनेछु। तिनीहरूका राजाहरूका अगि मैले मेरो तरवार चलाउँदा, ती राजाहरू थरथर काम्नेछन्। तेरो पतनको दिनमा तिनीहरू हरेक आ-आफ्नो जीवनको खातिर प्रत्येक क्षण काम्दै बस्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म जातिहरूको विरुद्धमा तिनीहरूको सामु आफ्नो तरवार चलाउँछु, तब तँलाई देख्ने धेरै जातिहरूलाई म भयभीत तुल्याउनेछु; अनि तेरो कारण तिनीहरूका राजाहरू डरले थरथर काम्नेछन्। तेरो पतनको दिनमा तिनीहरू सबै आ-आफ्नो जीवनका निम्ति हरेक क्षण काम्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
म धेरै मानिसहरलाई तिम्रा विषयमा चकित पार्नेछु। तिनीहरूका राजा त्यस समय तिम्रो निम्ति भयभीत हुनेछन्, किनभने जब म उनको सामन्नेमा आफ्नो तरवार चलाउँछु दिनको प्रत्येक क्षणमा जब तिमी तल जान्छौ राजा डरले काम्नेछ। प्रत्येक राजा आफ्नो जीवनको निम्ति डराउनेछ।”