Ezekiel 32:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
निर्दयी जातिका सिपाहीहरूलाई तरवार दिएर तेरा सबै प्रजालाई मार्न लाउनेछु। तेरा सारा प्रजा र तैँले घमण्‍ड गर्ने सबै थोक नाश भएर जानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तेरा सबै सैन्‍य-दलहरूलाई शक्तिशाली मानिसहरूका तरवारद्वारा ढालिदिनेछु— तिनीहरू सारा जातिहरूमा सबैभन्‍दा क्रूर छन्‌। तिनीहरूले मिश्रदेशको घमण्‍डलाई चूर पार्नेछन्, र त्‍यसका सबै सैन्‍य-दलहरू परास्‍त पारिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तेरो सेना दलहरूलाई शक्तिशाली मानिसहरूका तरवारद्वारा परास्त गर्नेछु— जातिहरूमा सबैभन्दा निर्दयीहरूको तरवारद्वारा परास्त गर्नेछु। तिनीहरूले इजिप्टको घमण्डलाई चकनाचुर पार्नेछन्; अनि त्यसका सबै सेना दलहरू सर्वनाश हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
म ती सैनिकहरूको उपयोग गरेर तिम्रो मानिसहरूलाई युद्धमा मार्न लगाउँनेछु। ती सैनिकहरू देशमा सबै भन्दा डरलाग्दा देशहरूबाट आएको हुनेछन्। तिनीहरूले मिश्रको त्यो चीजहरूलाई नष्ट गरिदिनेछन् जसको घमण्ड मिश्रले गर्छ। मिश्रका मानिसहरूलाई नष्ट गरिदिइनेछ।