Ezekiel 32:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सन्‍देश एउटा विलापको गीत समान हुनेछ। जाति-जातिका स्‍त्रीहरूले मिश्र र त्‍यसका प्रजाको निम्‍ति शोक गर्दै यो गीत गाउनेछन्। म सार्वभौम परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरूले त्‍यसको लागि गाउने विलापको गीत यो हो। जाति-जातिका छोरीहरूले यो गाउनेछन्‌। मिश्रदेश र त्‍यसका सारा सैन्‍य-दलहरूका निम्‍ति तिनीहरूले यो गीत गाउनेछन्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यो विलापको गीत तिनीहरूले त्यसका निम्ति गाउनेछन्। जातिहरूका स्त्रीहरूले यसलाई गाउनेछन्; किनकि इजिप्ट र त्यसका सबै सेना दलहरूका निम्ति तिनीहरूले त्यो गाउनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
“यो एउटा विलापको गीत हो, जुन मानिसहरूले मिश्रका निम्ति गाउँछन्। अर्को देशहरूका छोरीहरूले (शहरहरू) मिश्रको विषयमा यो दुखको गीत गाउनेछन्। तिनीहरूले यो मिश्र अनि त्यसको सबै मानिसहरूको विषयमा दुखको गीत गाउँनेछन्।” परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।