Ezekiel 32:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, मिश्रका धेरै मानिसहरूको निम्‍ति शोक गर्‌। तिनीहरूलाई पनि अरू शक्तिशाली जातिहरूका साथमा मृत्‍यु-लोकमा पठाइदे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, मिश्रदेशका सैन्‍य-दलहरूका निम्‍ति रो, र त्‍यसलाई र शक्तिशाली जातिहरूका छोरीहरूलाई, मृत-लोकमा जानेहरूसित पृथ्‍वीको तलतिर जानलाई नियुक्त गरिदे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, इजिप्टका सेना दलहरूका निम्ति विलाप गरेर त्यसलाई र शक्तिशाली राष्ट्रहरूका छोरीहरूलाई चिहानमा जानेहरूसँगै पृथ्वीको तलतिर पठाइदे।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो, मिश्रका मानिसहरूका निम्ति रूँनु। मिश्र अनि ती छोरीहरूलाई शक्तिशाली राष्ट्रहरूबाट चिहान सम्म पुर्याऊ। तिनीहरूलाई खाल्डोमा लैजाऊ जहाँ तिनीहरू ती मानिसहरूसित सम्मलित हुन्छ जो पहिले नै खाल्डामा गइसकेकाछन्।