Ezekiel 32:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, विलापको गीत गाउँदै मिश्रदेशको राजालाई मेरो यो सन्‍देश सुना, जातिहरूका बीचमा तँ सिंहझैँ व्‍यवहार गर्छस् तर खासमा तँ त समुद्रका बीचबाट पानी छ्याप्‍दै जाने गोहीजस्‍तो पो छस्। तैँले आफ्‍ना खुट्टाले पानी हिलो पार्छस् र नदीहरू फोहोर पार्छस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, मिश्रदेशको राजा फारोको विषयमा विलाप गर्, र त्‍यसलाई भन्‌: “‘जाति-जातिहरूका बीचमा तँ एक सिंहजस्‍तै छस्‌। समुद्रहरूभित्र तँ एक अजिङ्गरजस्‍तै छस्‌। तेरो हलचलले खोलाहरू यताउता छर्कंदै, र खुट्टाले पानी मन्‍थन गर्दै, र खोलाहरूलाई हिलै-हिलो पार्दैजाने तँ होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, इजिप्टका राजा फारोको बारेमा विलाप गरेर त्यसलाई भन्: “ ‘तँ जाति-जातिहरूका बीचमा एउटा सिंहझैँ छस्; तँ समुद्रको विशाल भयावह प्राणीजस्तै छस्; अनि तँ आफ्ना समुद्रहरूमाथि तेजसँग हलचल गर्छस्; खोलाहरूलाई आफ्ना खुट्टाहरूले यताउता घोल्छस्, र नदीहरूलाई धमिलो पार्छस्।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! फिराऊन मिश्रको राजाको विषयमा यो दुखको गीत गाऊ। उनलाई भन “‘तिमीले सोचेको थियौ तिमी शक्तिशाली जवान सिंह हौ। देशहरूमा घमण्डसँग घुम्दै थियौ तर साँच्चै तिमी एक अजिङ्गर जस्तै हौ। तिमी पानीको प्रवाहलाई ठेल्दै बाटो बनाउँछौ, अनि आफ्नो खुट्टाले पानी छ्याप्दै, नदीहरू माटै-माटो बनायौ। तिमीले मिश्रको नदीहरूलाई उत्तेजित पार्यौ।”‘