Ezekiel 32:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र मृत्‍यु-लोकको सबैभन्दा गहिरो स्‍थानमा तिनीहरूका चिहान छन्। त्‍यसका सबै सेनाहरू लडाइँमा मरे र तिनीहरूका चिहानहरू त्‍यसको चिहानको वरिपरि छन्। हुन त एक समय तिनीहरूले जिउँदाहरूलाई थर्कमान पारेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका चिहानहरू मृत-लोकको गहिराइभित्र छन्‌। त्‍यसको सेना त्‍यसकै चिहानका चारैतिर छ। जीवितहरूको देशमा त्रास फैलाउनेहरू सबै मारिएका छन्, तरवारद्वारा तिनीहरू ढालिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका चिहान पृथ्वीको गहिराइमा छ, र त्यसको सेना चिहानको चारैतिर लडिरहेका छन्। जीवितहरूको देशमा आतङ्क फैलाउनेहरू सबै मारिएका छन्, र तरवारले ढालिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको चिहानहरू अत्यन्तै गहिरो खाडल भित्र छन्। अश्शूरका सबै सेनाहरू युद्धमा मारिएका थिए। अनि तिनीहरूको चिहानहरू उसको चिहानको चारैतिर छन्। जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे।