Ezekiel 32:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“एलाम त्यहाँ छ र चारैपट्टि त्यसका सेनाहरूको चिहान छन्। ती सबै लडाइँमा मारिएका थिए, बेखतने भई मृत्यु-लोकमा पुगे। जिउँदा छँदा तिनीहरूले आतङ्क मच्चाएका थिए तर अब तिनीहरू मुर्दा भई अपमानित भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“एलाम त्यहाँ छ, र त्यसको चिहानका चारैतिर त्यसका सैन्य-दलहरू छन्! यी सबै तरवारले काटिएर मारिएकाहरू हुन्। जीवितहरूको देशमा त्रास फैलाउने सबै पृथ्वीको तलतिर खतना नभईकन गए। मृत-लोकमा जानेहरूसँगै तिनीहरूले बेइज्जत भोग्दछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यहाँ एलाम छ, र त्यसको चिहानको वरिपरि त्यसका सबै सेना दलहरूले घेरेका छन्। ती सबै मारिएकाहरू तरवारद्वारा ढालिएका हुन्, जो जीवितहरूको देशमा आतङ्क फैलाउनेहरू सबै खतना नगरी तल पृथ्वीमा गएका छन्, जो जीवितहरूका देशमा आतङ्क फैलाउनेहरू थिए; तिनीहरू मृत-लोकमा जानेहरूसँगै शर्ममा परेका छन्।
Nepali ERV (पवित्र बाइबल)
“एलाम त्यहाँ छ अनि उसका सबै सेनाहरू उसको चिहानको चारैतिर छन्। तिनीहरू सबै युद्धमा मारिएका थिए। ती बेखतने मानिसहरू पृथ्वीको गहिरो भागमा गए। जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे। तर तिनीहरूले तिनीहरूको लाज तिनीहरूसितै लिए र गहिरो खाडल भित्र गए।