Ezekiel 32:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लडाइँमा मारिएकाहरूका बीचमा एलाम लडिरहेको छ र त्‍यसका सेनाहरूको चिहान त्‍यसको चारैपट्टि छ। तिनीहरू बेखतने भई लडाइँमा मारिएका छन्। जिउँदा छँदा तिनीहरूले आतङ्क मच्‍चाएका थिए तर अहिले तिनीहरूले लडाइँमा मारिनेहरूको दशाजस्‍तै मृत्‍यु-लोकमा बेइज्‍जत भोग्‍दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको चिहानका चारैतिर त्‍यसका सैन्‍य-दलहरूसँगसँगै मारिएकाहरूका बीचमा त्‍यसको निम्‍ति एउटा विश्राम-स्‍थान बनाइएको छ। ती सबै तरवारले मारिएका बेखतनावालहरू हुन्‌। जीवितहरूको देशमा तिनीहरूले त्रास फैलाएका हुनाले तल मृत-लोकमा जानेहरूसँगै तिनीहरूले बेइज्‍जत भोग्‍दछन्‌। तिनीहरू मारिएकाहरूसँगै गाड़िएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका निम्ति मारिएकाहरूसित एउटा ओछ्यान बनाइदिएका छन्; त्यसका सेनाहरूका चिहान त्यसकै वरिपरि छन्। तिनीहरू सबै खतना नभएकाहरू र तरवारद्वारा मारिएकाहरू हुन्। जीवितहरूको देशमा तिनीहरूका आतङ्क फैलिएको कारण तिनीहरूले मृत-लोकमा जानेहरूसँग तिनीहरूका शर्म भोग्छन्; तिनीहरू मारिएकाहरूसँग गाडिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले एलाम र उसका सैनिकहरूका निम्ति ओछ्यान लगाइ दिए जो युद्धमा मारिए। एलामका सबै मानिसहरू उसको चिहानको वरिपरि छन्। सबै खतना नभएकाहरू जो युद्धमा मारिए जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भएभीत बनाए। तर अहिले तिनीहरू जालसित तल गहिरो खाल्डाभित्र गए। तिनीहरूलाई जो पहिले मारिएका थिए तिनीहरूसितै राखियो।