Ezekiel 32:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेशेक र तूबल त्‍यहीं छन् र तिनीहरूका सेनाहरूका चिहानहरू चारैतिर छन्। तिनीहरू सबै बेखतने भई लडाइँमा मारिएका छन्। हुन त एक समय तिनीहरूले जिउँदाहरूलाई आतङ्कित पारेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेशेक र तूबल पनि त्‍यहाँ छन्, र तिनीहरूका चिहानका चारैतिर तिनीहरूका सबै सैन्‍य-दलहरू छन्‌। तिनीहरू सबै बेखतनावालहरू हुन्, र तिनीहरूले जीवितहरूको देशमा त्रास फैलाएका हुनाले तिनीहरू सबै तरवारले मारिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेशेक र तूबल त्यहाँ छन्, र तिनीहरूका सबै सेना दलहरू तिनीहरूका चिहानको वरिपरि छन्। तिनीहरू सबै खतना नभएकाहरू हुन्, र तरवारद्वारा मारिएकाहरू हुन्; किनकि तिनीहरूले जीवितहरूको देशमा आफ्नो आतङ्क फैलाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
“मेशेक, तूबल अनि त्यसको सम्पूर्ण सेनाहरू त्यहाँ छन्। तिनीहरूको चिहानहरू चारैतिर छन्। यी बेखतनाहरू सबै युद्धमा मारिएका थिए। जब यिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे।