Ezekiel 32:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्राचीनकालका वीर योद्धाहरूलाई झैँ तिनीहरूलाई सम्मानसाथ गाडेनन्। ती वीरहरू त पूरा हात-हतियारका साथ शिरमुनि तरवार र मृत-शरीरमाथि ढाल राखेर गाडिन्थे र एक समय जिउँदाहरूलाई थर्कमान पार्ने शक्ति तिनीहरूसित थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिनीहरू ती अरू बेखतना भएका योद्धाहरूसित पड़िरहँदैनन्, जुन योद्धाहरू लोटेका छन्, र आ-आफ्ना लड़ाइँका हतियारका साथ चिहानमा गएका छन्, र जसका तरवारहरू आ-आफ्नो टाउको मुनि राखिएका छन्? ती योद्धाहरूले जीवितहरूको देशमा त्रास फैलाए तापनि तिनीहरूका पापको दण्ड तिनीहरूकै हड्डीमा परेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरू अरू खतना नभएका सेनाहरूसित सुतिरहनेछैनन्, जो आफ्ना लडाइँका हतियारहरूसितै मृत-लोकमा गए। तिनीहरूका तरवारहरू तिनीहरूका शिरमुनि राखिएका छन्, र तिनीहरूका ढाल तिनीहरूका हड्डीहरूसँग रहिरहेको छ। यद्यपि यी योद्धाहरूले पनि जीवितहरूका देशलाई आतङ्कित तुल्याएका थिए।
Nepali ERV (पवित्र बाइबल)
तर अब तिनीहरू धेरै अघि मारिएका शक्तिशाली मानिसहरूसित लडिरहेका छन्। तिनीहरू आफ्नो आफ्नो युद्धको हतियारहरूसितै गाडिएका छन। तिनीहरूको टाउको मुनि तिनीहरूका तरवारहरू राखिएको छन्। तर तिनीहरूको पापले तिनीहरूको हड्डी ढाकेको छ। किनभने जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई आतंकित पार्थे।