Ezekiel 32:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“एदोम पनि आफ्ना राजाहरू र शासकहरूसहित त्यहीं छ। तिनीहरू शक्तिशाली सैनिकहरू थिए तर अब लडाइँमा मारिएका बेखतनेहरूका बीच मृत्यु-लोकमा लडिरहेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“एदोम आफ्ना राजाहरू र सबै राजकुमारहरूसँग त्यहाँ छ। तिनीहरूको आफ्नो शक्ति भए तापनि तरवारले मारिएकाहरूसितै तिनीहरू पड़िरहेका छन्। तिनीहरू तल मृत-लोकमा जानेहरूसँग, बेखतनावालहरूसँगै पड़िरहेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“एदोम, त्यसका राजाहरू र सबै राजकुमारहरू त्यहाँ छन्; तिनीहरू शक्तिशाली भए तापनि तिनीहरू तरवारद्वारा मारिएकाहरूसितै राखिएका छन्। तिनीहरू मृत-लोकमा जाने खतना नभएकाहरूसितै रहिरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
“एदोम पनि त्यहीं छ। त्यसको राजा अनि अरू शासकहरूसित त्यहाँ छ। ती शक्तिशाली सैनिकहरू पनि छन्। तिनीहरू अब अरूहरूसँग पसारिएका छन्, जो युद्धमा मरेका थिए। ती बेखतनेहरूसित पसारिएका छन्। तिनीहरू ती मानिसहरूसँग पातालमा गएका छन्।