Ezekiel 32:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“उत्तरका सबै शासकहरू त्यहाँ छन्। सीदोनीहरू पनि त्यहीं छन्। एक समय तिनीहरूका शक्तिले सबैलाई थर्कमान पारेको थियो, अब त तिनीहरू लडाइँमा मारिएकाहरूसाथ अपमानित र बेखतने भई लडिरहेका छन्। मृत्यु-लोकमा जानेहरूसित तिनीहरूको पनि बेइज्जत भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उत्तरका सबै राजकुमारहरू र सबै सीदोनीहरू त्यहाँ छन्। तिनीहरूले आफ्नो शक्तिले त्रास मच्चाए तापनि तिनीहरू मारिएकाहरूसितै बेइज्जती भई तलतिर गए। तिनीहरू खतना नभईकन तरवारले मारिएकाहरूसितै पड़िरहेका छन्, र मृत-लोकमा जानेहरूसितै तिनीहरूले बेइज्जत भोग्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“उत्तर दिशाका सबै राजकुमारहरू र सबै सीदोनीहरू त्यहाँ छन्; तिनीहरूका सेनाका शक्तिद्वारा आतङ्क फैलाएका भए तापनि तिनीहरू मारिगएकाहरूसँग भएको कारण अपमानित भएका छन्। तिनीहरू तरवारले मारिएका र खतना नभएकाहरूसँग रहिरहेका छन्; अनि मृत-लोकमा जानेहरूसित शर्ममा परेका छन्।
Nepali ERV (पवित्र बाइबल)
“उत्तरका सबै शासकहरू त्यहीं छन्। त्यहाँ सीदोनको सबै सैनिकहरूछन्। तिनीहरूको शक्तिले मानिसहरू डराउँथे। तर तिनीहरू लज्जित थिए। ती खतना नभएका मानिसहरूसित अरू मानिसहरूसँग जो युद्धमा मारिएका थिए त्यहाँ सुत्ने छन्। तिनीहरू आफ्नो लाज आफूसँग लिएर तल गहिरो पातालमा गए।