Ezekiel 32:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँलाई म जमिनमा पछार्नेछु र तँलाई आहारा बनाउन पृथ्वीका सबै चरा-चुरुङ्गीहरू र पशुहरू ल्याउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तँलाई जमिनमा मिल्काइदिनेछु, म तँलाई पाखामा हुत्त्याइदिनेछु। आकाशमा सबै पक्षीहरूलाई म तँमाथि बस्न दिनेछु, र पृथ्वीका जम्मै पशुहरूलाई तेरो मासु लुछ्न दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई जमिनमा पछार्नेछु, र तँलाई खुल्ला मैदानमा हुत्त्याउनेछु। म आकाशका सबै चराहरूलाई तेरो मृत शरीरमाथि बस्न दिनेछु, र पृथ्वीका सबै जङ्गली जनावरहरूलाई तेरो मासु लुछ्न लगाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिमीलाई सुख्खा जमीनमा झारिदिन्छु! म तिमीलाई खेतमा फ्याँकिदिन्छु। तिमीलाई खानका निम्ति म सबै पंक्षीहरू बोलाउँछु। म प्रत्येक ठाँउबाट जङ्गली पशुहरू तिमीलाई खान अनि पेट भर्नका निम्ति बोलाउँछु।