Ezekiel 32:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तँलाई नाश गरेको दिनमा आकाश छोपिदिनेछु र ताराहरू अँध्‍यारो पारिदिनेछु। बादलले घामलाई ढाक्‍नेछ र जूनले उज्‍यालो दिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तेरो नामनिशाना मेट्‌दा म आकाश ढाकिदिनेछु, र त्‍यसका ताराहरूलाई अँध्‍यारो पारिदिनेछु। म सूर्यलाई बादलले ढाक्‍नेछु, र चन्‍द्रमाले प्रकाश दिनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म तेरो अन्त्य गर्नेछु, तब म आकाशलाई ढाकिदिनेछु; अनि त्यसका ताराहरूलाई अँध्यारो बनाइदिनेछु; म घामलाई बादलले ढाकिदिनेछु; अनि चन्द्रमाले आफ्नो ज्योति दिनेछैन।
Nepali ERV (पवित्र बाइबल)
म तिमालाई लोप गराइदिन्छु म आकाशलाई छोपिदिन्छु अनि ताराहरूलाई अँध्यारो पारिदिन्छु। म सूर्यलाई बादलले ढाकिदिन्छु अनि चन्द्रमा चम्किने छैन।