Ezekiel 33:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु मसित बोल्नुभयो, “ए मरणशील मानिस, इस्राएलीहरूलाई तिनीहरू आफैंले भनेको कुरा दोहोर्याएर सुनाइदे, ‘हामी हाम्रा पाप र अपराधका बोझले थिचिएका छौं र आफ्नो सामर्थ्य हराउँदै छौं। अब हामी कसरी बाँच्ने?’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, इस्राएलका घरानालाई भन्, ‘तिमीहरू यसो भनिरहेछौ: “हाम्रा पाप र अपराधले हामी थिचिएका छौं, र तिनको कारण हामी निर्बल हुँदैजादैछौं। हामी कसरी बाँच्ने त’?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, इस्राएलका मानिसहरूलाई भन्, ‘तिमीहरू यसो भन्छौ: “हाम्रा अपराधहरू र पापहरूले हामीलाई थिचेका छन्; अनि तिनको कारण हामी आफ्नो सामर्थ्यमा हराउँदै जान्छौँ भने हामी कसरी बाँच्छौँ?” ’
Nepali ERV (पवित्र बाइबल)
“यसकारण हे मानिसको छोरो! इस्राएलका घरानालाई मेरा निम्ति केही भन। तिनीहरू भन्न सक्छन्, ‘हामीहरूले पाप गर्यौ अनि आज्ञाहरू भङ्ग गर्यौ। हाम्रो पाप, हाम्रो सहने शक्तिबाट बाहिर छ। हामी ती पापहरूको कारणले बाँच्नको निम्ति के गर्नसक्छौं?’