Ezekiel 33:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई यसो भन्, “म सार्वभौम परमप्रभु जीवित परमेश्वर छु भन्ने स्वयम् साक्षी राखी भन्दछु, म कुनै पापी मरेको देख्दा खुसी हुनेछैनँ। बरु त्यसले पाप गर्न छोडेर प्राण बचाएको हेर्न चाहन्छु। ए इस्राएल, तैँले आफ्नो दुष्ट चाल छोड्। तँ किन मर्न चाहन्छस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले तिनीहरूलाई भन्, ‘जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, दुष्टहरूको मृत्युमा म खुशी हुन्नँ, तर तिनीहरूले आफ्नो चाल त्यागेर बाँचून् भनी म चाहन्छु। आफ्नो दुष्ट चाल त्याग! हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई भन्, ‘म जीवित भएझैँ, प्रभु याहवेह यसो भन्नुहुन्छ: म दुष्टहरूको मृत्युमा खुशी हुँदिनँ, तर तिनीहरू आफ्ना चालहरूबाट फर्केर बाँचून् भन्ने चाहन्छु। फर्क! आफ्ना दुष्ट चालहरूबाट फर्क! हे इस्राएलका मानिसहरू हो, तिमीहरू किन मर्छौ?’
Nepali ERV (पवित्र बाइबल)
“तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म मानिसहरू मर्दै गरेको हेर्न इच्छा गर्दिन, म चाँहदिन दुष्ट मानिसहरू मरून्। म ती पापी मानिसहरूलाई मकहाँ ल्याउँन चाहन्छु। म चाहन्छु कि तिनीहरू आफ्नो जीवन बद्लि गरून् जसबाट जीवित रहन सकुन्। यसकारण मकहाँ आऊ। नराम्रो काम गर्न छोडिदेऊ। हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ?’