Ezekiel 33:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब ए मरणशील मानिस, इस्राएलीहरूलाई भन् कि जब एउटा असल मानिसले पाप गर्दछ, तब त्‍यसले पहिले गरेको सुकर्मले त्‍यसलाई बचाउनेछैन। यदि कुनै दुष्‍ट मानिसले दुष्‍ट्याइँ गर्न छोड्यो भने दण्‍ड पाउनेछैन र कुनै असल मानिसले पाप गर्न थाल्‍यो भने त्‍यसको ज्‍यान बाँच्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैकारण हे मानिसको छोरो, आफ्‍ना देशवासीहरूलाई भन्, ‘कुनै धर्मी मानिसले आज्ञापालन गरेन भने, त्‍यसको धार्मिकताले त्‍यसलाई बचाउन सक्‍दैन। कुनै दुष्‍ट मानिस आफ्‍नो दुष्‍ट चालबाट फर्क्‍यो भने, त्‍यसको दुष्‍ट्याइँले त्‍यसको पतन हुनेछैन। कुनै धर्मी मानिसले पाप गर्छ भने, त्‍यसको पहिलेको धार्मिकताको कारणले त्‍यो बाँच्‍न पाउनेछैन’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण हे मानिसको छोरा, आफ्ना मानिसहरूलाई भन्, ‘यदि कुनै धर्मी मानिसले आज्ञा उल्‍लङ्घन गर्‍यो भने त्यसको अगाडिको धार्मिकताले त्यसलाई बचाउन सक्नेछैन। यदि कुनै दुष्‍ट मानिस आफ्नो दुष्‍टताबाट फर्कन्छ भने त्यसको अगाडिको दुष्‍टताले त्यसको पतन हुनेछैन। यदि धर्मी मानिसले पाप गर्छ भने त्यसको पहिलेको धार्मिकताको कारण त्यो बाँच्न सक्नेछैन।’
Nepali ERV (पवित्र बाइबल)
हे मानिसको छोरो! तिम्रो मानिसहरूलाई भन ‘यदि एउटा असल भन्दा असल कामले उसलाई सहातयता गर्ने छैन यदि उसले पाप गर्नु थाल्यो भने। अनि दुष्ट मानिसको दुष्टताले उसलाई पतन गराउने छैन, यदि उसले असल गर्न थाल्छ भने। धर्मी मानिसले यदि पाप गर्न थाले बाँच्न सक्तैन।’