Ezekiel 33:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म कुनै असल मानिसलाई जीवन दिने प्रतिज्ञा गरूँला तर त्यसले आफ्नो अघिको सुकर्म भए पुग्छ भन्ने ठानेर पाप गर्न थाल्यो भने त्यसले गरेको एउटै पनि सुकर्म सम्झनेछैँन। त्यसको पापको कारणले त्यो मर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि मैले त्यस धर्मी मानिसलाई ‘तँ निश्चय नै बाँच्नेछस्’ भनी भन्दा त्यसले आफ्नो धार्मिकतामा भर परेर दुष्ट्याइँ गर्यो भने, त्यसको कुनै पनि धार्मिकताका कामको सम्झना हुनेछैन। त्यसले गरेको दुष्ट्याइँको कारण त्यो मर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मैले कुनै धर्मी मानिसलाई, ‘तँ निश्चय बाँच्नेछस्’ भनी भन्छु भने, तर त्यसपछि पनि त्यसले आफ्नो धार्मिकतामाथि भरोसा गरेर दुष्ट काम गर्छ भने त्यसले गरेका कुनै पनि धार्मिक कामको सम्झना हुनेछैन; तर त्यसले गरेको दुष्ट कामको कारण त्यो मर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
“म धर्मी मानिसलाई भन्न सक्छु कि ऊ निश्चय नै बाँच्न सक्छ। तर यो पनि हुन सक्छ, कि त्यो धर्मी मानिसले सोच्न शुरू गर्छ कि अतीतमा उद्वारा भएको असल कामहरूले उसलाई रक्षा गर्छ। यसकारण उसले नराम्रो काम गर्न शुरू गर्न सक्छ। तर म उसको अतीतको धार्मिकताको याद राख्ने छैन! अँह ऊ त्यो पापको कारण मर्नेछ जुन उसले शुरू गरेकोछ।