Ezekiel 33:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले कुनै दुष्ट मानिसलाई तँ मर्नेछस् भनी चेतावनी दिंदा त्यसले पाप गर्न छोडेर ठीक र असल काम गर्छ भने;
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि मैले दुष्ट मानिसलाई ‘तँ निश्चय नै मर्नेछस्’ भनी भन्दा त्यसले आफ्नो पाप त्यागेर न्यायसङ्गत र ठीक काम गर्यो भने—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यदि मैले कुनै एक दुष्ट मानिसलाई ‘तँ निश्चय मर्नेछस्’ भनी भन्छु भने, तर त्यो आफ्नो पापबाट फर्क्यो, र जे न्यायसङ्गत र ठिक छ, त्यही गर्यो भने,
Nepali ERV (पवित्र बाइबल)
“अथवा यो पनि हुन सक्छ मैले कुनै पापी मानिसलाई भने कि उ मर्छ। तर उसले आफ्नो जीवन बदलि गर्न सक्छ। उसले पाप गर्न छोडन सक्छ अनि सही जीवन बिताउन शुरू गर्न सक्छ। ऊ राम्रो अनि असल रहनसक्छ।