Ezekiel 33:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ए इस्राएल! मेरो काम पो ठीक छैन भनी तँ भन्छस्। म तेरो कामअनुसार न्याय गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि हे इस्राएलका घराना, तिमीहरू भन्छौ, ‘परमप्रभुको चाल न्यायसङ्गत छैन’। तर म तिमीहरू हरेक मानिसको न्याय त्यसको चालअनुसार गर्दछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि हे इस्राएलका मानिसहरू हो, तिमीहरू भन्छौ, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ तर म तिमीहरू हरेकलाई तिमीहरूका आफ्नै चालअनुसार न्याय गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरू अझै पनि भन्छौ परमप्रभुको बाटो उचित छैन। इस्राएलका मानिसहरू म प्रत्येक मानिसलाई उसको जीउने तरीका अनुसार न्याय गर्नेछु।”