Ezekiel 33:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो आइपुगेको दिनको अघिल्लो साँझमा परमप्रभुको हात ममाथि परेको थियो। भोलिपल्ट बिहान त्यो मानिस आइपुग्नुअघि परमप्रभुले मलाई मेरो बोल्ने शक्ति फर्काइदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब त्यो मानिस आएको अघिल्लो साँझ परमप्रभुको हात ममाथि परेको थियो, र बिहान त्यो मानिस आइपुग्न अघि उहाँले मेरो मुख खोलिदिनुभयो। यसैले मेरो मुख खोलियो, र म त्यस उप्रान्त चूप बसिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब त्यो मानिस आउनुभन्दा अगिको साँझमा याहवेहको हात ममाथि थियो; अनि त्यो मानिस बिहान मकहाँ आइपुग्न अगि उहाँले मेरो मुख खोलिदिनुभयो। यसरी मेरो मुख खोलियो, र म फेरि चुप रहिनँ।
Nepali ERV (पवित्र बाइबल)
अब साँझमा कैदी मेरो अघि आउन भन्दा पहिले परमप्रभु मेरा मालिकको शक्ति मकहाँ आयो। परमेश्वरले मलाई बोल्ने योग्य बनाउनुभयो। जब त्यो मानिस मकहाँ आयो, परमप्रभुले मेरो मुख खोलि दिनुभयो अनि फेरि मलाई बोल्नदिनु भयो।