Ezekiel 33:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, ध्‍वस्‍त भएको इस्राएल देशमा बास गरिरहेका मानिसहरूले मलाई यसो भन्‍दै छन्, ‘अब्राहाम एक जना मात्र थिए तर तिनलाई सारा देश दिइएको थियो। अब हामी धेरै भएका छौं, यसर्थ यो देश हाम्रो भयो।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरा, इस्राएलका देशमा भएका ती भग्‍नावशेषमा बस्‍ने मानिसहरू भन्‍छन्, ‘अब्राहाम त एकै जना मानिस मात्र थिए, तर तिनले यो देश अधिकार गरे। तर हामी त धेरै छौं। अवश्‍य हामीलाई यो देश अधिकार गर्न दिइएको हो’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, इस्राएलका ती भग्नावशेषहरूमा बस्‍ने मानिसहरूले यसो भन्छन्, ‘अब्राहाम एक जना मात्र थिए, तापनि तिनले यो देश अधिकार गरे। तर हामी धेरै छौँ; निश्‍चय नै यो देश हामीलाई हाम्रो अधिकारको रूपमा दिइएको छ।’
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! इस्राएलको ध्वंश शहरमा इस्राएलीहरू बसिरहेका छन्। तिनीहरूले भन्दैछन्, ‘अब्राहाम मात्र एउटा मानिस थियो अनि परमेश्वरले उसलाई सारा भूमि दिनुभयो। अब हामी धेरै छौ, यसकारण निश्चय नै यो हाम्रो भूमि हो। हामी यसलाई लिनेछौं।’