Ezekiel 33:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म सार्वभौम परमप्रभुले जे भन्दै छु, त्यो तिनीहरूलाई सुनाइदे, तिमीहरूले आलै रगतसँगको मासु खान्छौ, मूर्तिहरू पुज्छौ र हत्या गर्छौ। तब कसरी यो देश हाम्रो हो भनी तिमीहरू ठान्दछौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरू रगतैसित मासु खान्छौ, तिमीहरू आफ्ना मूर्तिहरूतिर हेर्छौ, तिमीहरू रगत बगाउँछौ, त के तिमीहरू देश अधिकार गर्छौ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: जब तिमीहरू रगतसहितको मासु खान्छौ; तिमीहरू आफ्ना मूर्तिहरूतिर हेर्छौ र रगत बगाउँछौ भने, के तिमीहरूले त्यो देश अधिकार गर्छौ र?
Nepali ERV (पवित्र बाइबल)
“तिमीले भन्नु पर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू रगत सरीको मासु खान्छौ। तिमीहरूले आफ्नो मूर्तिहरूसित सहायताको आशा गर्छौ। तिमीहरूले मानिस मार्छौ। यसकारण म तिमीहरूलाई यो जमीन किन दिन्छु?