Ezekiel 33:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिनीहरूलाई चेतावनी दिंदै यसो भन्, म सार्वभौम परमप्रभु जीवित परमेश्‍वर हुँ भन्‍ने स्‍वयम् साक्षी राखी भन्‍दछु, ती ध्‍वस्‍त भएका सहरमा बास गर्ने मानिसहरू मारिनेछन्। गाउँ-बस्‍तीमा बास गर्नेहरूलाई जङ्गली जनावरहरूले खानेछन्। सुरक्षित स्‍थान र गुफाहरूमा लुकेर बस्‍नेहरू रुढीले मर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरूलाई भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: जस्‍तो म जीवित छु, भग्‍नावशेषमा छोड़िएकाहरू तरवारले ढल्‍नेछन्, र खुला मैदानमा हुनेहरूलाई म जङ्गली पशुहरूका आहाराको निम्‍ति दिनेछु। किल्‍लाहरू र गुफाहरूमा हुनेहरू रूढ़ीले मर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरूलाई यो भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म जीवित भएझैँ, भग्नावशेषमा छोडिएकाहरू तरवारले ढल्नेछन्। खुला मैदानमा हुनेहरूलाई म जङ्गली पशुहरूलाई खान दिनेछु; अनि सुरक्षित किल्‍लाहरूमा र गुफाहरूमा बस्‍नेहरू रूढीले मर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“‘तिमीले भन्नुपर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि जुन मानिसहरू त्यो ध्वस्त शहरहरूमा बसिरहेकाछन् तिनीहरू तरवारद्वारा काटिनेछन्। यदि कुनै मानिस त्यो देशबाट बाहिर छ भने, म त्यसलाई जङ्गली पशुहरूलाई मार्न अनि खान लगाउँनेछु। यदि मानिसहरू किल्लामा अथवा गुफामा लुके भने रूढीले मर्नेछन्।