Ezekiel 33:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “ए मरणशील मानिस, तेरा मानिसहरू आपसमा सहरका पर्खालहरूछेउ वा आफ्ना घरका ढोकाहरूमा भेट हुँदा तेरो बारेमा कुरा काट्छन्। तिनीहरू एक-अर्कासित यसो भन्छन्, ‘हामी गएर परमप्रभुबाट अब कस्तो वचन आएको छ, त्यो सुनौं।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरा, तेरा देशवासीहरू एकसाथ बसेर तेरो विषयमा पर्खालहरू र ढोकाहरूका कुना-कुनामा उभिएर एउटाले अर्कालाई यसो भन्छ, ‘आऔं, परमप्रभुबाट आएको सन्देश के रहेछ सुनौं’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तेरो बारेमा हे मानिसको छोरा, तेरा मानिसहरूले पर्खालमा र घरका ढोकाहरूमा एक-अर्कासँग मिलेर तेरो बारेमा यसरी कुरा गरिरहेका छन्, ‘आओ, याहवेहबाट आएको सन्देश सुनौँ।’
Nepali ERV (पवित्र बाइबल)
“‘अब तिम्रो विषयमा, हे मानिसको छोरो! तिम्रो मानिसहरू पर्खालहरूमा झुक्छन् अनि आफ्नो दैलोमा खडा भएर तिम्रो विषयमा कुरा गर्छन्। उनीहरू एक-अर्कामा भन्छन्, “आऊ र हामी गएर परमप्रभु के भन्नुहुँदैछ सुनौं।”