Ezekiel 33:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसरी मेरा प्रजा तेरो कुरा सुन्न भीड त लाग्छन् तर तैँले भनेअनुसार चाहिँ गर्दैनन्। तिनीहरूले मुखले त ज्यू-ज्यू भन्छन् तर लोभी बानी छोड्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले सधैँ गरेजस्तै मेरा मानिसहरू तँकहाँ आउँछन् र तेरा कुरा ध्यानसित सुन्नलाई तेरो अगि बस्छन्। तर तिनीहरू तीबमोजिम चल्दैनन्। मुखले त तिनीहरू भक्तिको कुरा गर्छन्, तर तिनीहरूका हृदय अधर्मसित कमाउनलाई लोभ गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा मानिसहरू सदाझैँ तँकहाँ आउनेछन्, र तेरा वचनहरू सुन्न तेरो सामु बस्नेछन्, तर तिनीहरूले ती व्यवहारमा उतार्दैनन्। तिनीहरूका मुखले प्रेमको कुरा त गर्छन्, तर तिनीहरूका हृदय अन्यायपूर्ण फाइदाका लागि लोभ गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिम्रो छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिम्रो सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले भन्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउँन चाहन्छन्।